रुपन्देहीमा निर्वाचन तयारी पूरा, ८ हजार सुरक्षाकर्मी परिचालन

चन्द्रकान्त खनाल, रुपन्देही, १९ मंसिर । प्रतिनिधि सभा क्षेत्र ५ र प्रदेश सभा क्षेत्र १० रहेको रुपन्देहीमा चुनावी तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।

मतदानका लागि सामग्री पठाउने केन्द्रमा खटाउने कर्मचारीको व्यवस्थापन तथा परिचय वितरणका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्बाचन कार्यलय रुपन्देहीका प्रमुख अध्योध्या प्रसाद भण्डारीले बताए । उनका अनुसार जिल्लामा ५ सय ९८ केन्द्रमा नै सबै मतदान सामग्री पठाइसकेको बताए ।

जिल्लामा कुल ५ लाख २२ हजार ६ सय २ जना मतदाता रहेकामा यस क्षेत्रमा ६१ हजार नयाँ मतदाता थपिएका छन् । मंगलबार र बुधबार परिचयपत्र वितरण गर्ने काम रहेको भण्डारीले बताए ।

रुपन्देहीमा नयाँ परिचय पत्र १ लाख हाराहारीमा वितरण गरिने बताए । जिल्लामा २ सय ८ मतदानस्थल ५ सय ९८ मतदान केन्द्रमा ४ हजार ८ सय कर्मचारी खटिने आयोगले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्दहेहीले रुपन्देही तराईको जिल्ला भएकोले सुरक्षा व्यवस्था मजबुत बनाइएको सहायक प्रजिअ सम्भु रेग्मीले बताए । जिल्लामा १ हजार ६ सय ६६ नेपाल प्रहरी १ हजार सशस्त्र प्रहरी २ हजार ३ सय ७८ म्यादी प्रहरी र ४ हजार नेपाली सेना परिचालन गरिने बताए ।

रुपन्देहीमा १० मिनेटभित्र सुरक्षा निकाय जुनसुकै ठाउँमा पनि पुग्न सक्ने तरिकाले सुरक्षा व्यवस्था मिलाइएको रेग्मीले बताए । रुपन्देहीको दक्षिण भेग अतिसंवेदनशील भएकोले सुरक्षा व्यवस्था कडा बनाइएको छ । मंगलवारदेखि समिा सुरक्षा नाका सिल गरिएको छ । भने जिल्लामा मदिरा बिक्री वितरणमा पुरै रोक लगाइएको जिल्ला प्रशासन कार्यलय रुपन्देहीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com