अवैध रुपमा ल्याएको सुनसहित चिनियाँ पक्राउ

काठमाडौं, १९ मंसिर । अवैध रुपमा ल्याएको सुनसहित एक चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौरचणमा एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौं आएका चिनिया नागरिक राहदानी नम्बर ई ००१००९८६ वाहक कौजेइझौमालाई ४ थान सुनको साधारण वाला र २ थान विस्कुट आकारको सुन गरी जम्मा ३ हजार ग्राम सुनसहित सोमबार पक्राउ गरिएको छ । अनुसन्धानको क्रममा बरामद सुन बिमानस्थल भन्सार कार्यालयमा राखिएको छ भने अभियुक्त महानगरीय प्रहरी प्रभाग कोटेश्वरको थुनामा रहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com