वाम उम्मेदवार शिवपुजनको मुद्दामा भोली दोहोरो छलफल हुने

काठमाडौं, १९ मंसिर । सर्लाही क्षेत्र नं. ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन रायको मुद्दामा सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश दिएको छैन ।

सर्वोच्चले भोली बुधबारका लागि दोहोरो छलफलमा झिकाउने आदेश दिएको हो । दोहोरो छलफल पछि अन्तरिम हुने वा नहुने टुंगो लाग्नेछ ।

निर्वाचन आयोगले सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गरेको थियो ।

यादवविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका गणेशकुमार सिंहले जिल्लामा र अनिलकुमार सिंहले निर्वाचन आयोगमा कात्तिक १९ गते उजुरी दिएका थिए । आयोगले आफ्नो उजुरी सुनुवाई नगरेको भन्दै उनीहरु सर्वोच्च अदालत पुगेका थिए ।

पहिलो संविधानसभामा फोरमका सांसद रहेका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com