मिलको फित्तामा बेरियर एक महिलाको मृत्यु

राकेश यादव, रौतहट, १९ मंसिर । रौतहटमा धान कुटाउन गएकी एक महिलाको मिलको फित्तामा बेरियर मृत्यु भएको छ । स्थानीय बौधीमाई नगरपालिका वार्ड नम्बर ५ स्थित मिलको फित्तामा बेरिएर स्थानीय रामबाबु चौरसियाकी ३२ वर्षीया श्रीमती रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा मंगलबार मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रामपतियाले धान कुट्ने मिलमा धान राख्न लाग्दा उनको कपडा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com