रौतहटमा कांग्रेस कार्यकर्ताद्वारा राजपा समर्थकमाथि आक्रमण, ५ जना घाइते

राकेश यादव, रौतहट, १९ मंसिर । रौतहट जिल्लाको गढीमाई नगरपालिका ६ धरमपुरमा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताहरुबीच झडप भएको छ । झडपमा परी पाँच जना घाइते भएका छन् ।

मौन अवधिमा मतदाताहरुलाई कांग्रेसका कार्यकर्ताहरु कुखुराको मासु वितरण गरिरहेको जानकारी पाएपछि रोक्न गएका राजपा नेपालका कार्यकर्ताबीच झडप भएको हो ।

मौन अवधिमा मतदाताहरुलाई प्रलोभनमा पार्न नपाइने भन्दै रोक्न गएका राजपा कार्यकर्ता विशम्भर यादवबीच भएको विवाद झडपमा परिणत भएको थियो । झडपमा यादवको हात र खुट्टा भाँचिएको बुझिएको छ भने स्थानीय प्रहरी यसबारे भन्न चाहेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामकुमार दानी फोन उठाएन भने इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी निरीक्षक गोविन्द थापाले घाइतेको नाम जानकारी नरहेको प्रतिक्रिया दिएका छन् ।

स्थानीयका अनुसार कांग्रेस कार्यकर्ताहरुले धाँधली गरी आक्रमण गरेको हो । कांग्रेसका तीन कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ समेत गरेका छन् । पक्राउ पर्नेमा लालबाबू यादव, राजा यादव रहेका छन् भने एकजनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

निर्वाचन गराउनका लागि धरमपुर मतदान केन्द्रमा रहेका इन्स्पेक्टर उमेश लम्सालले घटनाबारे केही भन्दिन एसपी साहवसँग सम्पर्क गर्नु भनी जवाव दिएका छन् ।

प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेललाइ फोन गर्दा अंगरक्षकले फोन रिसीव गरी सर विजि भएको बताएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भैरहेको बुझिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com