राजेन्द्र महतोमाथि आक्रमण प्रयास

जनकपुरधाम, २० मंसिर । भोली हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनको मतदानका लागि मौन अवधि चलिरहेका बेला धेरैको चासोको क्षेत्र बनेको जनकपुरमा गुण्डा नाईकेहरु सक्रिय भएका छन् ।

धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेद्वार राजपा नेता राजेन्द्र महतोमाथि आक्रमण प्रयास भएको छ । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिका मान्छेहरुले आक्रमण गर्ने प्रयास गरेको महतोनिकट स्रोतको दावी छ ।

जनकपुरको देबीचौकमा राजपा नेता महतोको निजि गाडीमा तोडफोड गर्न लागेका गुन्डाहरु राजपाका कार्यकर्ताहरुको प्रतिकारपछि भागेका थिए । आक्रमणकारीहरुले महतोको गाडी चालक र निजि सुरक्षा गार्डलाइ धम्काएर गाडीलाई तोडफोड गर्न खोजेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com