लालबन्दीमा एमाले कार्यकर्ताद्वारा राजपा कार्यकर्तामाथि आक्रमण, झडपमा दुई जना घाइते

सर्लाही, २० मंसिर । लालबन्दी नगरपालिका–३ जब्दी भैरवपुरमा एमाले कार्यकर्ताहरु राजपा नेपालका कार्यकर्ता माथि आक्रमण गर्दा भएको दोहरो झडपामा दुई जना घाइते भएका छन् ।

गएराती एमाले कार्यकर्ताले राजपाको पोष्टर पम्पलेट र झण्डा जलाएपछि राजपा कार्यकर्ताहरुले पनि एमालेको पोष्टर जलाएको विषयलाई लिएर आज बिहान झडप भएको हो ।

एमाले कार्यकर्ता तुलसी नारायण श्रेष्ठको नेतृत्वमा आएकाहरु राजपा नेपालका कार्यकर्ताहरु चिया पसलमा चिया खाइरहेको अवस्थामा आक्रमण गर्न खोजेपछि दोहरो झडप हुँदा सर्लाही निर्वाचन क्षेत्र नंं १ को ख बाट राजपा नेपालको तर्फबाट प्रदेश सभाका उम्मेदवार राम प्रसाद चौधरीका छोरा सूर्य नारायण चौधरी र एक जना एमाले कार्यकर्ता घाइते भएको जनाइएको छ ।

अहिले त्याहाँको स्थिति तनावपूर्ण रहेको राजपाका प्रतिनिध सभा सदस्य पदका उम्मेदवार प्रमोद साहले जानकारी दिए । घटना थलमा प्रहरी परिचालन गरिसकेको सर्लाहीका प्रहरी उपरिक्षक मोहमद मसाउद आलम खाँले जानकारी दिए । — विश्वनाथ ठाकुर


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com