निर्वाचनको पूर्वसन्ध्यामा डा. राउतले गरे यस्तो अपिल

काठमाडौं, २० मंसिर । दोस्रो चरणअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सुरु हुन केही घन्टा बाँकी रहेको अवस्थामा मधेश देशको निर्माणको अभियानमा जुटेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतले एउटा अपिल गरेका छन् ।

उनले निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमार्फत् कोठा बाहिर मतदान गर्न अपिल सार्वजनिक गरेका हुन् ।

उनले शान्तिपूर्णरुपमा यो निर्वाचनलाई बहिष्कारस्वरुप कोठा बाहिर मतदान गर्न अपिल गर्दै यो संविधानमा मधेशीको अधिकार कुनै पनि हालतमा सम्बोधन हुन नसक्ने दावी गरेका छन् ।

उनले मधेश स्वतन्त्र हुन अन्तिम चरणमा रहेको दाबी गर्दै एक अन्तिमपटक धक्का लगाउन मात्र आवश्यक रहेको भन्दै निर्वाचन बहिष्कारका लागि अपिल गरेका हुन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com