सप्तरीमा नेपाल–भारत सीमा ३६ घन्टाका लागि बन्द

राजविराज, २० मंसिर । भोली बिहीबार हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । साथै नेपाल–भारत सीमा नाका बुधबारदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका कुनौली, बेल्ही भन्सार, कुशहा नाकालगायत नाका बन्द गरी सुरक्षा जाँच कडा पारिएको प्रजिअ भागीरथ पाण्डेयले जानकारी दिए ।

दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि बुधबारदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com