मिर्चैयामा वृद्धमाथि छुरा प्रहार, दुई जना पक्राउ

राम नारायण पंडित, सिरहा, २० मंसिर । मिर्चैया नगरपालिका ४ कुथनमामा मंगलबार राति एक जना बृद्धमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट स्थानीय करीब ५० वर्षीय राम अबतार महतो गम्भिर घाइते भएका छन् ।

घाइते महतोको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाए ।

छुरा प्रहार गरेको आरोपमा स्थानीय २ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।

पक्राउ परेकाहरुको नाम गोप्य राखिएको छ । छुरा प्रहार आपसी झै–झगडाको कारणले भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com