तीन लाख रुपैयाँसहित वाम गठबन्धनका कार्यकता पक्राउ

वीरगन्ज, २० मंसिर । पोखरिया नगरपालिकाबाट ३ लाख रुपैयाँसहित वाम गठबन्धनका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मौन अवधिमा ठूलो परिमाणमा रकम लिएर जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

निर्वाचनलाई लक्षित गर्दै गरिएको चेकजाँचको क्रममा पोखरियामा रहेको एक पेट्रोल पम्प नजिकैबाट एमालेको चुनाव चिन्हमा स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र र नगद ३ लाखसहित उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय, पोखरीयाले जनाएको छ ।

स्रोतका अनुसार पक्राउ पर्नेहरुमा अशोक रौनियार, फुलकौलका बासुप्रसाद र बृजेश पटेल रहेका छन् । प्रहरीले भने उनीहरुको परिचय खुलाउन नचाहेको अनलाइनखबरमा समाचार छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com