मतादाता शिक्षा नपुग्दा मतदाताहरु परिचय पत्र लिन आएनन्

बाँके, २० मंसिर । मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइए पनि बाँकेका अधिकांश ठाँउमा मतदाताहरु परिचय पत्र लिन नगएको पाइएको छ ।

तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स उपक्षेत्रीय कार्यालय नेपालगंजले बुधबार डुडुवा गाँउपालिका अन्तरगतका वडाहरु र नेपालगंज उपमहानगर पालिका वडा नं. ६ मा मतदाताहरु परिचाय पत्र लिनेको संख्या अत्यधिक कम रहेको पाइएको जनाएको छ ।

नेपालगंज वडा ६ हडियाबाबा मतदान केन्द्रमा २०८३ मतदाता रहे पनि हालसम्म २०० जनाले मात्र परिचय पत्र लिएको मतदान अधिकृत मधुसुधन रेग्मीले बताए । अधिकृत रेग्मीले फुल्टेक्रामा मतदाता शिक्षाको कमीका कारण मतदाताहरु परिचयपत्र लिन नआएको थर्ड एलायन्ससँग जिकिर गरेका थिए ।

यस्तै डुडुवा गाँउपालिका वडा नं. २ को नेराप्रावि सन्तलियमा रहेको मतदान केन्द्रमा १२२८ मतदाता मध्य १३१ जनाले मात्र मतदाता परिचाय पत्र लिएको बताए । मतदान अधिकृत कृष्ण बहादुर केसीले स्थानीय निर्वाचनमा परिचय पत्र लिइ सकेकाहरु पुनः लिन नआएको बताउदै नयाँ मतदाताहरुमा निर्वाचन सम्बन्धी शिक्षाको कमीका कारण परिचय पत्र लिन नआएकोे बताए ।

थर्ड एलायन्सका उपक्षेत्रीय प्रमुख आलम खानले मतदाता शिक्षा गाँउसम्म पुग्न नसकेको कारण मतदाताहरु परिचय पत्र लिन नआएको निष्कर्ष निकालेका छन् ।

प्रमुख खानले सीमानाकासँग जोडिएका वडाहरुलाई विशेष ध्यानमा राखी शान्ति सुरक्षालाई मजबुत बनाई स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न र मतदाताको अधिकारको संरक्षण गर्न सम्बन्धित सबैसँग अपिल गरे ।

खानले संयमित र शान्तिपूर्ण ढङ्गबाट निर्वाचन प्रक्रिया अगाडि बढाउन राजनीतिक दलहरुलाई समेत आग्रह गर्दै मतदाताहरुलाई निर्भयतापूर्वक आफ्नो मताधिकारको प्रयोग गर्न अपिल गरे ।

निर्वाचनमा खटेका कर्मचारीहरुलाई निष्पक्ष भएर निर्वाचनमा खट्न र मानव अधिकारको पूर्ण सम्मान गर्न थर्ड एलायन्सले अपिल गरेको छ । साथै निर्वाचनको समाचार संकलन गर्न खटिएका पत्रकारहरु, मानव अधिकारकर्मी, पर्यवेक्षकहरुलाई सहज रुपमा समाचार संकलन र अनुगमन गर्ने वातावरण बनाउन सम्बन्धित पक्षसँग अपिल गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com