रुपैयाँ वितरण गर्दै गर्दा एमालेका दुइ कार्यकर्ता फेला

काठमाडौं, २० मंसिर । निर्वाचनलाइ प्रभाव पार्ने उदेश्यले नेकपा एमालेका कार्यकर्ताले रुपैयाँ बाँड्दै गर्दा कांग्रेसका प्रदेशसभाका उमेद्धार गोविन्द ढुंगानाले वुधवार अपह्रन्न फेला पारेका छन् ।

म्याङलुङ नगरपालीका १ स्थीत खड्काको घरमा नेकपा एपमाले कार्यकर्ता शभा पौडेल र गोपाल खापुङ ७ हजार रुपैयाँ दिदै गरेको अवस्थामा तेह्रथुम कांग्रेसका सभापति समेत रहेका ढुंगानाले फेला परेका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट उमेद्धार रहेका ढुंगाना खड्काको घरमा भित्र पस्दा घर धनी खड्कालाई पौडेल र खापुङले उक्त रुपैयाँ दिदै गरेकै अवस्थामा फेला पारेका हुन्न् । शुरुमा के गरेको भन्दा खापुङले आन्तरिक व्यवहार भनेर टार्न खोजे पनि अन्त्यमा गल्ती स्वीकारे पछि छोडिदीएको गोविन्द्र ढुंगानाले बताए ।

निर्वाचन आचार संहिता विपरीत यसरी सर्वसाधारणलाई रुपैयाँ वितरण गरेर स्वतन्त्र निर्वाचनको एपालेले धज्जी उडाएको आरोप कांग्रेसका उमेद्धार ढुंगानाले लगाएका छन् ।

अवधि प्रारंभ भैसकेको अवस्थामा सर्वसाधारणलाई प्रलोभनमा परेर जनताको स्वतन्त्र अभिमतलाई कुठाराघात गरेको उनले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com