सीके राउतको गाउँमा रहेको मतदान केन्द्रमा गएनन् मतदाता

सप्तरी, २१ मंसिर । स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सीके राउतको गृहनगर महादेवा गाउँपालिका वडा नम्बर दुईको मतदान केन्द्रमा मतदाताहरु मतदान गर्न गएका छैनन् ।

डा. राउतले हिजो मात्रै एउटा अपिल जारी गर्दै निर्वाचन बहिष्कारका लागि आग्रह गरेका थिए । सो मतदान केन्द्रमा अहिलेसम्म मत हाल्न एक जना मतदाता पनि गएका छैनन् ।

गाउँका कोही पनि मतदान गर्न नगएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए । यो केन्द्रमा २८३ जना मतदाता छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com