वीरगन्जमा ‘इश्क मोहब्बत जिन्दावाद’ नामक भोेजपुरी फिल्मको शुभ मुहूर्त

वीरगंज । इश्क मोहब्बत जिन्दावाद नामक भोेजपुरी फिल्मको शुभ मुहूर्त गहवामाई मन्दिरमा भएको छ । श्री राधिका मुविज प्रा.लिको बैनरमा निर्माण भइरहेको भोजपुरी फिल्मको मधेशवादी नेता सुरेन्द्र कुर्मी एवं राजपा केन्द्रिय सदस्य रम्भा मिश्राले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

राधिका मोभिजका संचालक सुरेश साह कानुको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा राजपा नेपालका केन्द्रिय सदस्य द्धय पिंकी यादव, मिनु ठाकुर, फिल्मका नायक सद्दाम हुसैन, नायिका रानी रैना, निर्देशन चन्दन कश्चप, सहनिर्देशक संतोष पटेल, सहनायक प्रकाश नेपाल, प्रेस मन्चका केन्द्रिय अध्यक्ष संतोष पटेल, हिन्दू परिषद नेपालका संयोजक पं. पूरुषोत्तम दुबे, फिल्मका कलाकारहरु ईरफान खान, अनिता कर्ण, जाकिर हुसेन, सुनिल पटेल, राजीव गुप्ता, संगितकार रउफ अन्सारी, एम शहजादेको उपस्थिति रहेको थियो । मुर्हूतको पुजापाठ पं. सचिदानन्द दुबेले गराएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com