झापादेखि वीरगञ्जसम्म ‘मिथिला पर्यटन क्षेत्र’ घोषणा गर्न माग

सप्तरी, १० पुस । राजविराजमा १५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन सम्पन्न भएको छ । सो सम्मेलनले १३ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको हो ।

घोषणापत्रमा झापादेखि वीरगन्जसम्म ‘मिथिला पर्यटन क्षेत्र’ घोषणा गर्नुपर्ने माग गरिएको छ । साथै प्रदेश नं २ मा सरकारी कामकाजको भाषा मैथिली हुनुपर्ने, प्रदेश नं १ मा समेत मातृभाषाका रूपमा मैथिली बोल्नेहरूको संख्या अत्यधिक रहेको भन्दै प्रादेशिक सरकारी कामकाजको भाषा मैथिली घोषणा गर्नुपर्ने, मिथिलाञ्चलकका धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थल संरक्षण एवं संवद्र्धन माग गरिएको हो ।

मूल आयोजक समितिद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत सो घोषणापत्र सार्वजनिक गरेको हो । मैथिली भाषामा निर्माण हुने ठूलो र सानो पर्दाको चलचित्रलाई करमुक्त गरिनुपर्ने, मैथिली भाषाको फिल्म निर्माण एवं सञ्चार माध्यमलाई सशक्त बनाउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्ने माग घोषणापत्रमा राखिएको छ ।

नेपालको राष्ट्रिय अभिलेखालयमा संरक्षित मैथिलीको प्राचीन पाण्डुलिपिहरूको अध्ययन एवं अनुसन्धानका लागि शोध–वृत्तिको घोषणा गरी केन्द्र, प्रदेश एवं स्थानीय तह राज्य प्रदत्त समूचित कोषको स्थापना गर्नुपर्ने, संगही मैथिली भाषाभाषीद्वारा जनस्तरीय अक्षयकोषको स्थापना गर्न तीनै तहको सरकार सहयोगी भूमिका निर्वाह गर्नुपर्ने, मिथिलाक्षर (तिरहुता लिपि) लोपोन्मुख अवस्थामा रहेकाले पुरातन लिपिक संरक्षणका लागि तीनै तहमा आवश्यक नीतिगत निर्णय र कार्यान्वयन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

आगामी १६औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन धनुषाको जनकपुरमा हुने निर्णय गरिएको जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com