राज्जा रानी सिनेमाको मैथिली भर्सनका लागि पोष्टर सार्वजनिक

काठमाडौं । रमेश एमके पौडेल र राज कुमार महतोको निर्माण तथा प्रस्तुती रहेको सिनेमा राज्जा रानीको मैथिली भर्सनका लागि २ वटा थप पोष्टरहरु सार्वजनिक गरिएको छ । नेपाली र मैथिली गरी दुई भाषामा एकै दिन देशैभरि राज्जा रानी पुस २१ गते रिलिज हुँदैछ ।

वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा र बाल विवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियान, नेपालको संयोजक राज कुमार महतोले संयुक्त रुपमा उक्त पोष्टरहरु वीरंगजमा यसै हप्तामा एक पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।

यसअघि सार्वजनिक भएको फिल्मको नेपाली भर्सनको पोष्टरसहित मिथिलासहित प्रदेश नम्बर १ र २ क्षेत्रका दर्शकहरुलाई थप आकर्षित गर्न मैथिली तथा भोजपुरी माटोको महक आउने गरी २ वटा थप पोष्टरहरु तयार गरी सार्वजनिक गरिएको छ । यो फिल्म पुस २१ गते एकै मितिमा नेपाली र मैथिली भाषामा रिलिज हुँदैछ ।

ट्रेलरमा बाल विवाह र अभिभावक बीचमा दाइजोमा कुरा नमिल्दा उत्पन्न भएको समस्यलाई देखाइएको छ ।

फिल्ममा नायक नाजीर हुसेन राज्जा र नायिका केकी अधिकारी रानीको भुमिकामा प्रस्तुत भएका छन् । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रा. लि. को ब्यानरमा निर्मित तथा यम थापा निर्दे्शित यो फिल्मको सम्पुर्ण छायांकन बांके जिल्लामा गरिएको हो । प्रेमकथामा आधारित राज्जा रानी लाई रमेश एमके पौडेल र राज कुमार महतोले निर्माण गरेका हुन ।

फिल्ममा केकी र नाजीरका अलावा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य, अनुज थापा लगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मले पश्चिम तराई स्थित कथित सानो जनजाति समुदायको संवेदना र प्रेमकथा चित्रण गर्छ । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छांयाकन, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चन्दन दत्तको एडिटिड. र कलरिड. तथा अनुपम साहको भिएफएक्स रहेको फिल्म राज्जा रानीको मैथिली भर्सनको पोष्टर अनुपम साहले डिजाइन गरेका छन भने शान्न थापाले यसमा थप सहयोग गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com