को–को परे फोरम नेपालको प्रदेशसभा समानुपातिक सूचिमा ? (सूचिसहित)

काठमाडौं, १४ पुस । संघीय समाजवादी फोरम नेपालले प्रदेश सभा सदस्यहरुको समानुपातिक सूचिलाई अन्तिम रुप दिएको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यका लागि फोरम नेपालले पाएको मतका आधारमा विधायकहरुको समानुपातिक नामलाई टुंग्याएको छ ।

बिहिबार केन्द्रीय कार्यालय तीनकुनेमा बसेको पदाधिकारी बैठकले १३ जना प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।

फोरम नेपालले प्रदेशसभा सदस्यका लागि समानुपातिकमा १ पुरुष र १२ महिलालाई स्थान दिएको छ ।

संघीय समाजवादी फोरम नेपालको प्रदेश सभा सदस्यहरुको समानुपातिक सूचि :
१. रामचन्द्र लिम्बु, प्रदेश नं. १, झापा
२. रामकुमारी यादव, प्रदेश नं. १, सुनसरी
३. चन्चमाया मोक्तान, प्रदेश नं. २, सर्लाही
४. करिमा बेगम, प्रदेश नं. २, पर्सा
५. भिमा यादव, प्रदेश नं. २ पर्सा
६. सीमा सिंह, प्रदेश नं. २, सर्लाही
७. उषाकुमारी यादव, प्रदेश नं. २ बारा
८. उपमा देव, प्रदेश नं. २ सप्तरी
९. विन्दु कुमारी यादव, प्रदेश नं. २ धनुषा
१०. चमेली देवी दास, प्रदेश नं. २ धनुषा
११. किरण कुमारी यादव, प्रदेश नं. २ महोत्तरी
१२. गीता कुमारी श्रीवास्तव, प्रदेश नं. ५ कपिलवस्तु
१३. लक्ष्मी चौधरी, प्रदेश नं. ५ दाङ


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com