यस्ता छन् राजपाबाट प्रदेशसभा समानुपातिक सदस्यहरु

काठमाडौं, १४ पुस । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभा सदस्यका लागि आफ्नो सूचि तयार गरेको छ । सूचीमा तीन पुरुष र सात महिला रहेका छन् ।

राजपाको प्रदेशसभा समानुपातिक सदस्यहरुमा रामनरेश राय, रामप्रवेश बैठा, जानकी शरण साह, बबिता चौधरी, निलमदेवी भुमिहारनी, अन्जु कुमारी, पुनम यादव, विभा ठाकुर, डा. डिम्पल झा र लैला खातुनलाई सूचिमा समावेश गरिएको पार्टी स्रोतले मधेशवाणीलाई जनाएको छ ।

यता, समानुपातिक सूचिमा नाम नराखेको भन्दै नेपाल मधेशी कर्मचारी मञ्चका पदाधिकारीहरुले केन्द्रय कार्यालयमा शुक्रबार साँझ तोडफोड गर्नुका साथै पार्टीको ब्यानर च्यातेका छन् भने अध्यक्षमण्डलका नेताहरुको नाम रहेको बोर्डसमेत फालेका छन् ।

यता, राजपा सचिवालयले तोडफोड कार्यको विरोध गरेको छ । अलोकतान्त्रिक कार्य भएको भन्दै राजपा कार्यालय सचिव रन्जित निष्पक्षले भर्त्सना गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com