प्रदर्शनको तयारीमा मैथिली कथानक चलचित्र ‘औकात ताकत प्रेमके’

सिरहा । केही दिनयता देखि नेपालमा बोलिने सबभन्दा बढी मध्ये दोस्रो स्थानमा रहेको मैथिली भाषाका चलचित्र निर्माणमा वृद्धि भएको छ । मधेशमा रहेको छुवाछूत तथा जातीय विभेद एवं सामाजिक विकृतिविरुद्ध मैथिली भाषामा चलचित्र निर्माण भएको छ ।

शम्भुनाथ सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको ‘औकात ताकत प्रेमके’ नामक उक्त चलचित्र केही दिनभित्रै प्रदर्शनीमा आउने चलचित्र निर्माता राजकुमारी सरदारले जानकारी दिइन् ।

चलचित्रको छायाँकन, रेकर्डिङ र इडिटिङको काम सकिरहेको छ, निर्माता सरदारले भनिन्– “अबको एक साताभित्र चलचित्र प्रदर्शनीमा आउनेछ ।” मैथिली एक्सन फिल्म ‘औकात ताकत प्रेमके’ सो चलचित्रमा सामाजमा ब्याप्त रहेको जातीय भेदभाव, छुवाछूत र जमिन्दारी प्रथा तथा शोषक वर्ग र शोषित वर्गबीचको विभेदमा चलचित्र केन्द्रित रहेको निर्माता सरदारको भनाइ छ ।

राजु राजदेव चौधरी निर्देशक रहेको सो चलचित्रमा नायकमा धनराज चौधरी र नायिकामा मोनिका दाहाल रहेका छन् । यस्तै सबुरलाल सरदार, कौशल चौधरी, विवेक विश्वकर्मा, मालिक पण्डित, डिपी शास्त्री र साबिर आलमलगायतका कलाकारले पनि अभिनय गरेका छन् ।

छ वटा गीत समावेश गरिएको चलचित्रमा मिथिला क्षेत्रका गायक सन्नु मण्डल, भागवत मण्डल, गायिका अन्जु यादव, सोनी र मुनचुनले सुमधुर स्वर दिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com