राजपा कार्यालय तोडफोडमा मेरो कुनै संलग्नता छैन : सिंह

काठमाडौं, १६ पुस । प्रदेशसभा समानुपातिक नामावलीप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय कार्यालयमा शुक्रबार साँझ भएको तोडफोडमा आफ्नो कुनै संलग्नता नरहेको नेपाल मधेशी निजामती कर्मचारी मञ्चका पूर्वअध्यक्ष विनोदकुमार सिंहले स्पष्ट पारेका छन् ।

सिंहले शनिबार सामाजिक सञ्जालमार्फत एक अपील जारी गर्दै त्यो तोडफोडप्रति दुःख व्यक्त गरेका छन् । उनले ‘पार्टीकै केही अतिरञ्जित तत्वहरुले मेरो व्यक्तिगत चरित्र हत्या गर्न उपरोक्त अनुसारको घटना गराएको हुन सक्नेमा म पूर्ण विश्वस्त छु ।’ उल्लेख गरेका छन् ।

‘पार्टीको सिद्धान्त र कार्यनीतिलाई मैले सदैव पालना गरी रहने र आफ्नो राजनीतिक यात्रा राजपामा नै रही रहने प्रतिवद्धता समेत जाहेर गर्न चाहन्छु ।’ प्रतिबद्धता जाहेर गरेका छन् ।

सिंहले जारी गरेको अपील


आदरणिय न्यायप्रेमी जनसमुदाय,
म विनोद कुमार सिंह, नेपाल मधेशी निजामती कर्मचारी मञ्चको निर्वतमान अध्यक्ष । ज्ञण् वर्ष जागिर अवधि र मंच को राष्ट्रीय अध्यक्षको कार्यकाल घ वर्ष बाकि रहदै दुबै पदबाट राजीनामा दिएर २०७४ कार्तिक ६ गते देखी सेवा निवृत भएको हु ।

सेवावाट निवृत भै सके पछि राष्ट्रिय जनता पार्टीको तर्फवाट आफ्नो राजनैतिक जिवन शुरु गरेको हु । यस सम्वन्धमा राष्ट्रिय जनता पार्टीको कार्यालयमा मिति २०७४ पौष १४ गते भएको तोडफोडको घटना संग मेरो संलग्नता रहेको भनी केही संचार माध्यमहरुले विल्कुल झुठो समाचार सम्प्रेसन गरेकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको हो ।

जो कोहीले जुन सुकै स्वार्थको लागी भए पनि गराएको उक्त घटना खेदजनक र दुखःद भएको प्रष्ट पार्न चाहन्छु । पार्टी कै केहि अतिरञ्जित तत्वहरुले मेरो व्यक्तिगत चरित्र हत्या गर्न उपरोक्त अनुसारको घटना गराएको हुन सक्नेमा म पुर्ण विश्वस्त छु ।

पार्टीको सिधान्त र कार्य नितिलाई मैले सदैव पालना गरी रहने र आफ्नो राजनैतिक यात्रा राजपा मा नै रही रहने प्रतिवद्घता समेत जाहेर गर्न चाहन्छु ।

जय मधेश ।

२०७४ पौष १५ गते विहान १० वजे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com