भैरहवादेखि लुम्बिनीसम्मको सडक स्तरोन्नति

भैरहवा, १७ पुस । भैरहवादेखि लुम्बिनी हुँदै तौलिहवासम्मको सडकको स्तरोन्नति गर्ने काम शुरु भएको छ ।

भैरहवा–तौलिहवा सडकको स्तरोन्नति गर्ने कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । सासेक सडक सुधार आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक योजनाका प्रमुख राजेश प्रसाद पौडेलले सडकको प्रारम्भिक चरणको काम शुरु भएको बताए ।

पहिलो चरणअन्र्तगत उक्त सडकका दायाँबायाँ पुर्ने कार्य शुरु भइसकेको छ र सडकको दायाँबायाँ पर्ने रुखको कटानी गर्ने, विद्युत् र फोनका खम्बा सार्ने लगायतका अन्य कामका लागि प्रक्रिया अघि बढाइएको छ ।

भैरहवाको बुद्धचोकदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चोकसम्मको बाटोलाई स्तरोन्नति गरी छ लेनको बनाइँदै छ भने विमानस्थल चोकदेखि बुद्ध जन्मस्थल लुम्बिनीको पर्साचोकसम्म चार लेनको बनाउन लागिएको छ ।

भैरहवादेखि लुम्बिनीसम्मको सडक अहिले दुई लेनको रहेको छ । त्यसैगरी लुम्बिनीदेखि कपिलबस्तु तौलिहवासम्मको सडक दुई लेनको बनाइँदै छ । उक्त सडक अहिले एक लेनको रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com