जाम्बीयामा हैजाको प्रकोप

लुसाका । जाम्बीयाको राजधानी लुसाकामा हैजाबाट प्रभावित हुनेहरूको संख्या दुई हजार पुगेको छ । स्वास्थ्य मन्त्रालयको सञ्चार तथा बाह्य सम्पर्क प्रमुख स्टान्सलौस गोसाले गत अक्टोबर देखि अहिले सम्म हैजाका कारण ४२ जनाको मृत्यु नै भइसकेको बताउनुभयो ।

उहाँले हैजाबाट प्रभावित हुनेहरूको सङ्ख्या बढ्दै गएर दुई हजार पुगेको जानकारी दिनुभयो । अधिकारीहरूले अवस्थालाई नियन्त्रणमा लिनका लागि थुप्रै प्रयासहरू गरेको पनि उहाँले बताउनुभयो ।

मन्त्रालयले त्यतिबेला देखि नै धेरै मानिस एकै ठाँउमा भेला हुने कार्यक्रमहरू गर्न प्रतिबन्ध गरेको जनाएको छ । ठूला बैबाहिक समारोह, सांस्कृतिक कार्यक्रमहरू, सडक व्यापार लगायतलाई अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

राष्ट्रपति इडगार लुङ्गुले रोगको प्रकोप अन्य क्षेत्रमा फैलिन नदिनेगरी तत्काल रचनात्मक कामहरू थाल्न प्रतिरक्षात्मक निकायहरूलाई शुक्रबार निर्देशन दिनुभएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com