अफगान सेनाको हवाई कारबाहीमा पाँच आइएस आतंककारी मारिए

काबुल । पूर्वी अफगान प्रान्त नान्नर्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका पाँच लडाकू मारिएका विशेष सुरक्षा बलले सोमबार जानकारी दिएको छ ।

नान्गाहार प्रान्तको दिह बाला जिल्लामा अफगान विशेषबलले गरेको कारबाहीमा आइएसका पाँच आतङ्ककारी मारिएका र अन्य दुइजना घाइते भएका छन् ।

सोमबार अपरेसन कोडिसन ग्रुप अफगानिस्तान (एओडिओसिनिए)द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगान सुरक्षा बल र नेटोआवद्ध सैनिकले आतङ्ककारी विरुद्ध हवाई कारबाही जारी राखेका छन् । यस द्वन्द्वग्रस्त देश अफगानिस्तानमा तालिवान र आइएस लडाकू समूहले आक्रमण गर्दै आएको पाइन्छ ।

अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहँदै आएको भन्ने गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com