बुटवलमा महोत्सवमा ३० करोडको कारोबार, ६ लाख दर्शकद्वारा अवलोकन

चन्द्रकान्त खनाल, रुपन्देही, १८ पुस । रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा सञ्चालित १४ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ मा ३० करोड वराबरको कारोबार भएको आयोजकले जनाएका छ । पुष ६ गते देखी १८ गतेसम्म बुटबलमा चलेको उक्त प्रदर्शनीमा उक्त कारोबार भएको हो ।

मेलामा छ लाख २५ हजार दर्शकले अवलोकन गरेको प्रदर्शनीमा लक्ष्य भन्दा रु १० करोड बढी कारोबार भएको रुपन्देही उद्योग संघका अध्यक्ष एबं मेला मुलसयोजक दिनेशराज रेग्मीले बताए । मेलाको एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नं २ प्रदेस सभाषद लिला गिरीले गरे ।

प्रदर्शनीको कृषि र प्रविधिका स्टलहरूमा दर्शकले चासोपूर्वक अवलोकन गर्नुका साथै स्वरोजगार बन्नेतर्पm चासो राखेको आयोजक रुपन्देही उद्योग संघका विरष्ट उपाध्यक्ष गणेश अधिकारीले बताए ।

उद्योग संघले उपत्यका बाहिर पहिलो पटक २०४५ सालमा बुटवलमा प्रदर्शनीको आयोजना गरेको हो ।जारी प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारिकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको सञ्चालन, आकर्षक रेष्टुरेन्टहरू र कृषि कार्यक्रम सञ्चालन भएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com