राइस मिलको जग्गा अतिक्रमण हुँदै, सम्बन्धित निकाय मौन

राकेश यादव, रौतहट, १९ पुस । सार्वजनिक चासो तथा गौर नगरवासीका चाहनाको विषय रहेको गौर राइस मिलको जग्गा विस्तारै विस्तारै अतिक्रमण भइरहेको छ ।

सदरमुकामको बीच भागमा रहेको सो मिलको जग्गा अधिग्रहण गरी सार्वजानिक रुपमा प्रयोग हुने गरी खेल मैदान बनाउनु पर्ने आवाज उठिरहेको बेला मिलको जग्गा व्यक्तिगत प्रयोजनको रुपमा कब्जा हुँदै गएको छ ।

गौर राइस मिल्स एन्ड फलोरको नाउँमा २०२१ सालमा सर्वे नापी भएको करीव ६ विघा जग्गालाइ गौर नगरपालिकाको नाउँमा अधिग्रहण गरिनुपर्ने चौतर्फी रुपमा आवाज उठिरहेका छन् । कुनै सभा सम्मलेन, खेलकूद आयोजना गर्नुपर्ने भएमा ठूलो चौर मिलको जग्गा मात्र विकल्प रहेको छ ।

मिलको जग्गाको पूर्व, उत्तर, पश्चिम तर्फ पक्की सडक रहेका छन् । बहुमूल्य जग्गा भएकोले सो जग्गा बिक्री गर्न ठूलो रकमी चलखेल भइरहेको बुझिएको छ । मिलको जग्गाको पूर्व उत्तर मुखमा माटो पुरेर पसल सञ्चालन गरिएको छ भने अहिले टहरा निर्माण गरिदैछ ।

कÞानूनी रुपमा गौर नगरपालिकाको नाउँमा दाखिल खारिज नभए पनि त्यसको रेखदेख नगरपालिकाले गर्दै आएको छ । विना स्वीकृतिको मिलको जग्गामा गुमटी हाल्ने, टहरा बनाउने कार्य गैरकÞानूनी भए पनि नगरपालिकाले कुनै चासो लिएको छैन ।

ठाउँ ठाउँमा पसल राखेर जग्गा अतिक्रमण गर्नु षड्यन्त्र रहेको नगरवासीको ठहर रहेको छ । गौर नगरपालिकाका प्रमुख अजय कुमार गुप्ताले मिलको जग्गामा बनाउन लागेको टहरा र पहिलादेखि भएको पसल हटाउने बताएका छन् ।

कुनै बहानामा अतिक्रमण गर्न नपाइने भन्दै प्रमुख गुप्ताले त्यों पसलहरु छिटै हटाई अधिग्रहणको प्रक्रिया अगाडि बढाइने बताए । राइस मिलको जग्गा गौर नगरपालिकाको एउटा स्वाभिमानको रुपमा रहेकोले यसको संरक्षण गर्ने सबैको साझा दायित्व रहेको छ । नेपाल नागरिक समाजका अगुवाहरुको ध्यान पनि यसतर्फ हुनुपर्ने हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com