संविधान संशोधन गर्नेलाई राजपाको समर्थन : यादव

काठमाडौं, १९ पुस । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधन गर्नेलाई आफ्नो पार्टीले सरकार बनाउन समर्थन गर्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा यादवले यस्तो बताएका हुन् । उनले जनादेशलाई सम्मान गर्नुपर्नेमा समेत जोड दिएका छन् ।

उनले मधेशका जनताले आफूहरुलाई संविधान संशोधनको म्यान्डेट दिएको बताउँदै अब बन्ने सरकार संविधान संशोधनबारे कसरी प्रस्तुत हुन्छ त्यसका आधारमा सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे निर्णय लिइने जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com