मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

सुनसरी, १९ पुस । मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कोशी गाउँपालिका–३ राजापोखरीमा को.११ प ६२५९ नम्बरको मोटरसाइकल बुधबार अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुहवी नगरपालिका–११ बस्ने ३० वर्षीय राजेन्द्र पासवानको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com