फर्निचरमा आगलागी हुँदा तीन लाखको क्षति

रौतहट, १९ पुस । फतुवा बिजयपुर नगरपालिका–११ हिमलीवास बस्ने काजी श्रेष्ठको फर्निचरमा बुधबार बिद्युत सर्ट भई आगलागी हुँदा लाखौं सामान जलेर नष्ट भएको छ । आगलागी हुँदा काठ, टेबल, कुर्ची लगायतका सामान जलेर करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com