हिन्दू परिषद् पर्साको अध्यक्षमा धर्मेन्द्र र महानगरमा दिपक चयन

वीरगंज, १९ पुस । हिन्दू परिषद् नेपाल पर्सा जिल्ला कार्यसमिति पुनर्गठन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच हिन्दू परिषद् नेपालका संस्थापक एवं संरक्षक पंडित पुरुषोत्तम दुबेको सभापतित्वमा सम्पन्न बैठकले धर्मेन्द्र पटेलको अध्यक्षतामा ३१ सदस्यीय पर्सा जिल्ला समिति गठन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा डा. अनिल झा, उपाध्यक्ष राजकुमार मिश्रा, महिला उपाध्यक्ष उषा पटेल, सचिव घन्श्याम सापकोटा, सह सचिव उदयकान्त झा, कोषाध्यक्ष गोमा उपाध्याय, जिल्ला सदस्यहरुमा अनिल पटेल, सचितानन्द दुबे, अंशु कुमार, दशरथ ठाकुर, अनिल सर्राफ, सोनु कुमार, प्रेम कुशवाहा, पप्पु कुमार गुप्ता, विनोद सिंह, शशि साह कानु, विनोद विश्वासी, अनिल सर्राफ, रविन्द्र साह, पप्पु गुप्ता, संदिप गुप्ता, दिपलाल महतो, भरत साह कानु, सिता पटेल, मन्जु वर्णवाल, उमेश साह कानु, पुनम ठाकुर, पुष्पा सर्राफ, जिल्ला सल्लाहकार ओम प्रसाद गुप्ता, महिला संगठन पर्सा सह संयोजक रेखा साह, हिन्दु परिषद नेपाल बीरगंज महानगरपालिका संयोजक दिपक साह कानु, उपाध्यक्ष द्धय भरत सर्राफ, प्रशान्त दुवे, सचिव कृष्णा चौरसियालाई सर्व सहमतिले चयन गरिएको थियो ।

वीरगंज माइस्थान चौकस्थित राधिका मोभिज प्रा.लि.को सभाहलमा आयोजित पर्सा जिल्ला पुनर्गठन कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय कोषाध्यक्ष मिनु ठाकुर, केन्द्रिय सदस्य भुपेन्द्र पौडेल, सुरेश साह कानु लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि हिन्दुवादी अगुवा नेता एवं धर्माचार्य भोला बाबा, संस्थापक एवं संरक्षक पंडित पुरुषोत्तम दुबे र केन्द्रिय अध्यक्ष संतोष पटेलले नव निर्वाचित पदाधिकारी एवं समितिका सदस्यहरुलाई स्वागत तथा सम्मान गरेका थिए ।

त्यस्तै, धर्मको रक्षा गरौं र सभ्य समाजको निर्माण गरौं भन्ने मूल नाराका साथ स्थापित परिषदको एक कार्यक्रमका बीच हिन्दू परिषद् नेपालको केन्द्रिय सदस्यमा विजय गुप्ता, अनिरुद्ध सिंह, शिव गोयल, संजय सर्राफ, बारा जिल्ला संयोजकमा कलैया मोतिसर निवासी सुकदेव साह कानु, महिला संगठनको केन्द्रिय सदस्यमा उषा श्रीवास्तव र सावित्री श्रीवास्तवलाई चयन गरिएको हिन्दु परिषद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेलले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com