जाडो बढेपछि कपिलवस्तुमा पुस मसान्तसम्मका लागि विद्यालय बन्द

कपिलवस्तु, १९ पुस । चिसो बढेपछि विद्यार्थीहरु बढी प्रभावित भइरहँदा जिल्लाका सामुदायिक विद्यालय पुस मसान्तसम्मका लागि बन्द भएका छन् ।

अधिक चिसो भएका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न हुने भएकाले जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा विद्यालय बन्द भएको विद्यालयले जनाएको छ ।

अर्धवार्षिक परीक्षा सम्पन्न गरी शैक्षिक क्यालेण्डरअनुसार नै जाडो बिदा गरिएको हो । वाणगंगा स्रोत केन्द्रअन्तर्गतका विद्यालयमा भने आइतबारबाट विद्यालय बन्द हुने भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com