मोटरसाइकल चोरी गर्ने पक्राउ

सर्लाही, १९ पुस । मलंगवा नगरपालिकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोह मध्येका रौतहटको राजपुर नगरपालिका–९ बैरिया टोल बस्ने १८ बर्षीय मो. मजिदलाई चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।

मलंगवा नगरपालिकाबाट विभिन्न मितिमा हराएका मोटरसाइकल खोजतलास गर्ने क्रममा सोमबार र मंगलबार प्रहरीले अपाची २ थान, पल्सर २ थान, गल्यामर २ थान र होण्डा कम्पनीको स्कुटर १ थान समेत गरी ७ थान मोटरसाइकल बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com