ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

सिरहा, १९ पुस । धनगढीमाई नगरपालिका–८ बस्ने रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारी शर्माको स.१ त ५४७० नम्बरको ट्याक्टरले बुधबार ठक्कर दिँदा मृत्यु भएको छ । अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएको अवस्थामा खेलिरहेकी ती बालिकालाई घरबाट ट्याक्टर निकाल्ने क्रममा अचानक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । हाल फरार रहेको उक्त ट्याक्टरका चालकको प्रहरीले खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com