केपी ओली संविधानको बन्दी भएका छन् : सहअध्यक्ष श्रेष्ठ

काठमाडौं, २१ पुस । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अबको नेपालको प्रधानमन्त्री बन्ने महत्वाकांक्षा राखेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संविधानको बन्दी भएको टिप्पणी गरेका छन् ।

समाजवादी विद्यार्थी फोरम नेपालले शुक्रबार मधेश मिडिया हाउसमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्दै उनले यस्तो टिप्पणी गरेका छन् ।

‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसक्दा पनि सत्ता हस्तान्तरण गर्ने आधार बनिसकेको छैन’ उनले भने, जबर्जस्ती जारी गरिएको संविधानलाई कांग्रेस, एमाले र माओवादीद्वारा विश्वकै उत्कृष्ट भनेर हल्ला गरेपनि यसले मुलुकमा अस्थिरता मात्र बढाएको छ ।’

श्रेष्ठले भने, ‘केपी ओली प्रधानमन्त्री बन्नका लागि संसदीय दलका नेताका नेता बन्नुपर्छ, संसदीय दलका नेता बन्नका लागि संघीय संसद चाहिन्छ, संघीय संसदीय दल कसरी बन्छ छ त भन्दाखेरि राष्ट्रियसभाको चुनाव हुनुपर्छ ।’ उनले अघि थपे, ‘यस्ता कानूनहरुले कसले लेखेका छन् भनेपछि तिनै दलका नेताहरुले ।



कार्यक्रममा फोरम नेपालका प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद विजय यादव, समाजवादी विद्यार्थी फोरमका केन्द्रीय अध्यक्ष विवेक राई लगायतले आआफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

विभिन्न पार्टी परित्याग गरी करिब दुई सय विद्यार्थी तथा युवाहरु संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन समाजवादी विद्यार्थी फोरम नेपालमा प्रवेश गरेका छन् ।

समाजवादी विद्यार्थी फोरम केन्द्रीय कार्यालयले शुक्रबार मधेश मिडिया हाउसमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा राप्रपा प्रजातान्त्रिक विदार्थी संगठनका केन्द्रीय उपाध्यक्ष श्याम यादवको नेतृत्वमा कांग्रेस, एमालेसहितका दलबाट दुईभन्दा बढी विद्यार्थी तथा युवाहरु फोरम प्रवेश गरेका हुन् ।


बृहत् पार्टी प्रवेश कार्यक्रममा केशव विक्रम खड्का, विवेक वैश्य, अभिनाश यादव, शेषअलि रेन, सुरेश ठाकुर, शत्रुधन यादव, प्रभाकर मण्डल, सौजन कार्की लगायत सयौंले समाजवादी विद्यार्थी फोरमको सदस्यता ग्रहण गरेका छन् । नवप्रवेशहरु अधिकांश ल’ का विद्यार्थीहरु रहेका छन् ।

नवप्रवेश युवा तथा विद्यार्थीहरुलाई संघीय फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले अबीर लगाएर स्वागत गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com