सरकारको विरुद्ध उत्रियो रुपन्देहीमा कांग्रेस

चन्द्रकान्त खनाल, रुपन्देही, २१ पुस । पूर्वाधार भएको ठाउँमा ५ नम्बर प्रदेशको केन्द्र बनाउनु पर्ने भन्दै रुपन्देही कांग्रेसले सरकारविरुद्ध सुरु आन्दोलन गरेको छ । रुपन्देहीका कांग्रेसी नेताहरुले जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिएका छन् ।

सरकारले बुटवल छाडेर अन्यत्र केन्द्र तोक्ने तयारी गरेको भन्दै रुपन्देही कांग्रेसले बिहीबार जिल्लाका विभिन्न स्थानमा १ घण्टे चक्काजाम गरेको हो । रुपन्देहीको सैनामैना, मणीग्राम र बुटवलको पुष्पलाल पार्कमा भेला भई एक घन्टा कांग्रेस कार्यकर्ताहरुले सवारी आवागमन बन्द गराएका थिए ।

कांग्रेस रुपन्देहीका नेता तथा बुटवल उपमहानगर समितीका सभापति खेलराज पाण्डेले बुटवल बाहेक अन्यत्र केन्द्र तोकिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताए ।

प्रतिनिधिसभामा रुपन्देही २ का उपबिजयता कांग्रेस महासमिती सदस्य युवराज गिरीले प्रदेशको ६८ प्रतिशत आवादी रहेको रुपन्देहीलाई केन्द्र बनाउनुको बिकल्प नरहेको भन्दै सरकारले केन्द्र घोषणा नगरे रुपन्देही कांग्रेसले सशक्त आन्दोलन गर्ने बताए ।

सरकारले गठन गरेको प्रदेश केन्द्र सिफारिस गर्न गठीत समितीले दाङलाई केन्द्र तोक्न प्रस्ताव गरेसंगै बुटवलमा बिभिन्न संघ संस्थाहरुले आन्दोलनको तयारी सुरु गरेकाछन् ।

त्यस्तै रुपन्देहीमा एमालेपनि आज दवाद दिने उदेश्यले बुटबलमा आन्दोलन सुरु गरेको छ । उता कपिलबस्तुमा पनि कपिलबसतुमा राजधानिको केन्द्र वनाउनु पर्ने भन्दै आन्दोलन गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com