रौतहटमा चिसोका कारण मर्नेको संख्या तीन पुग्यो

राकेश यादव, रौतहट, २३ पुस । विगत केही दिनदेखि बढेको अत्याधिक चिसोका कारण रौतहटमा थप दुई जनाको मृत्यु भएको छ । चिसोबाट मर्नेको संख्या तीन पुगेको हो ।

चिसोको कारण स्थानीय परोहा नगरपालिका २ बस्ने ४५ वर्षीय शेख समिम र वार्ड नम्बर ९ मा बस्ने ६५ वर्षीया मरठिया देवी कुर्मीको मृत्यु भएको हो ।

अत्यधिक रुपमा बढेको चिसोले जनजीवन नराम्रो सित प्रभवित भएको हो । शीतलहरको कारणबाट बालबालिका, बृद्धबृद्धा तथा नवजात शिशु बढी जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

जाडोबाट बच्नका लागि स्थानीय सरकारले केही व्यवस्था गर्न सकेको छैन भने चुनावको समयमा घर घरमा पुगेर आश्वासन दिने राजनीतिक दलका नेताहरु पनि निर्वाचन पछि दुखको बेलामा सोधपुछ समेत गर्न नआएको पीडितहरुको गुनासो रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com