जनकपुरधाममा प्रदेशस्तरीय महोत्सव हुने

जनकपुरधाम, २४ पुस । जनकपुरधाममा प्रदेशस्तरीय महोत्सव हुने भएको छ । प्रदेश नं २ स्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला तथा जनकपुर महोत्सव–२०७४ आगामी माघ २७ देखि फागुन १० गतेसम्म हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं २ को आयोजनामा तिरहुतिया गाछीमा सो महोत्सवको नारा ‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ हुनेछ ।

महोत्सवबाट जनकपुरलाई पर्यटकीय नगरी बनाउने, धार्मिक– आन्तरिक पर्यटक र विदेशी पर्यटकलाई आकर्षित गर्ने वातावरण बनाउने, कृषि–औद्योगिक उत्पादन– स्थानीय घरेलु– कुटिर र वनजन्य उत्पादनलाई सहज रूपमा बजार पु¥याउने र स्थानीय तहमा नागरिकलाई स्वरोजगारको अवसर उपलब्ध गराउने लक्ष्य राखिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com