काठमाडौँमा प्रदेश सदस्यलाई शपथ ग्रहण गराउन उचित हुँदैन : सञ्चारमन्त्री

विराटनगर, २४ पुस । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले प्रदेशसभा सदस्यहरुलाई काठमाडौंमा शपथ ग्रहण गराउनु उचित नहुने धारणा राखेका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने “संघीय संरचनामा मुलुक गएको हुनाले काठमाडौँमा प्रदेश सदस्यलाई शपथ ग्रहण गराउन उचित हुँदैन ।”

मुलुकको संघीय संरचनालाई सफल बनाउन सबै दल एक ढिक्का भएर लाग्नुपर्ने बताउँदै उनले संविधानको मर्मअनुसार सबै वर्ग र समुदायको भावना समेटी यसको कार्यान्वयन गर्नु दलहरुको जिम्मेवारी रहेकामा जोड दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com