पूर्वराजा ज्ञानेन्द्र र युपीका मुख्यमन्त्री योगीबीच भेट

काठमाडौं, २५ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको लखनऊ पुगेर उत्तर प्रदेशका मुख्यमन्त्री योगी आयित्यनाथलाई भेटेका छन् । भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले उपहारस्वरुप पूर्वराजा ज्ञानेन्द्रलाई अंग वस्त्र र कुम्भको लोगो प्रदान गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र अघिल्लो सातादेखि सपरिवार मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणमा निस्किएका थिए । यसक्रममा केही दिन नेपालगञ्जमा रहेका पूर्वराजाले सोमबार लखनउ पुगेर आदित्यनाथसँग भेट गरेका हुन् ।

लखनऊस्थित आफ्नो सरकारी आवासमा नेपालका पूर्व नरेश ज्ञानेन्ऽ शाहसँग भेट भएको भन्दै मुख्यमन्त्री आदित्यनाथले तस्वीरहरु ट्वीट गरेका छन् । आदित्यनाथले भेटमा अंग वस्त्र एवं कुम्भको लोगोका साथ भेट भएको बताएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com