जेसिजद्वारा आयोजित क्रिकेट खेलमा नातावाद र कृपावाद

मनोज बनैता, सिरहा, २५ पुस । लहान सिटी जेसिजको आयोजना र लहान स्पोर्ट एकेडमी को सहकार्यमा शुरू गरिएको क्रीकेट खेल राजनितीकरणले गर्दा विवादको भुमरीमा परेको छ । ३ जनवरीदेखि शुरु भएको टी–ट्वान्टी खेल उदघाटनदेखि नै विवादास्पद रहेको छ ।

पशुपति आदर्श मा.वि लहानको प्राङ्गणमा खेलिएको यो खेल आयोजकका केही त्रुटिको कारण आईतवार रोकिएको थियो । एलएमसी कलेज र साईपल कलेजबीच खेलिने खेल विवादको कारण स्थगित गरिएको थियो । पछि विवाद टुगों लागेर खेल शुरू हुने भनिए पनि जेसिज अध्यक्ष उमेश चौधरीको ईसारामा खेल रोकिन गयो ।

साथै, अध्यक्ष मात्रको एकलौटी निर्णय ले खेलको मिति अर्को दिनको लागी सारियो जुन एलएमसी कलेजका खेलाडीहरूले स्वीकार गरेनन् । विवाद बोरो खेलाडी ल्याएको विषयमा थियो जुन विवाद केहि क्षण मै सुल्झियो तर दुर्भाग्यवश खेल हुन सकेन । धेरैले यसलाई लहान सिटी जेसिजको अपरिपक्व निर्णय को रुपमा लिएका छन भने केही ले त नयाँ गठित जेसिज को भविष्य प्रती चिन्ता समेत जाहेर गरेका छन् ।

एलएमसी कलेजका शिक्षक महेश कुशवाहाका अनुसार यदि यसरी आयोजकले नै पक्षपात गर्न लाग्यो भने खेल बिबादास्पद हुनु स्वभाविकै हो । कुशवाहाले भने कि वर्ष २०१८ का लागि चुनिएको लहान सिटी जेसिजको अध्यक्ष उमेश चौधरीको नातावाद मोहले गर्दा खेलको यो अवस्था भएको हो ।

उनले थप्दै भने ‘साईपल कलेज जेसिज अध्यक्ष चौधरीको आफ्नै दाईको हो र पारागन कलेज उनको आफनै भएकोले उनी भावनामा डुब्नु भयो ।’ खेल हेर्न गएका अभिषेक मण्डल भन्छन् “एलएमसी कलेजको खेलाडी धुरन्धुर हुनुको कारण पनि यो समस्या आएको हो जुन आफैमा लज्जास्पद छ ।’

लहान सिटी जेसिजका बाँकी सदस्यको भावनालाई लतमर्दन गर्दै अध्यक्षले जुन तानाशाही निर्णय गरेको छ यसले यो सबित हुन्छ कि डेमोक्रेटिक धारमा चल्ने यो जेसिज नामको संस्था कुनै न कुनै रुपमा राजनैतिक लबिङबाट प्रभावित छ ।

एलएमसी कलेजको प्रधानाध्यापक मनोज कर्णले जानकारी दिए अनुसार एलएमसी कलेजले त्यस्तो कुनै खेलमा सहभागी हुदैनन् जहाँ आयोजकको निर्णयबाट राजनैतिक गन्ध आँउछ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com