नयाँ सरकार गठनपछि नेपाल–भारत सम्बन्ध थप उचाइमा पुग्ने : प्रचण्ड

काठमाडौं, २५ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको नेतृत्वमा बन्ने सरकारले नेपाल–भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने बताएका छन् ।

उनले नयाँ सरकार गठनपछि नेपाल–भारतबीचको सम्बन्ध थप सुम्धुर हुने दाबी गरे । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको नेपाली प्रतिनिधिमण्डलसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको भेटमा नेपाल–भारतबीच विगतमा भएका सन्धिसम्झौतालाई नयाँ आधारमा पुनरावलोकन गर्न आवश्यक रहेको समेत बताए ।

उनले सम्झौता पुनरावलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूह सदस्यहरुलाई आग्रह गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com