स्थानीय प्रसाशनबाट जाडोपीडितलाई कम्बल वितरण

चन्दनकुमार यादव, राजविराज, २५ पुस । केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण जनजीवन प्रभावित भएपछि स्थानीय प्रशासनले जाडोपीडितलाई कम्बल वितरण गरेको छ ।

एक हप्तामा अत्यधिक चिसोका कारण सप्तरीमा कठ्याङ्ग्रिएर दुई बालकसहित १७ जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जाडोबाट जोगिन कम्बल तथा राहतका सामग्री वितरण गर्न लागेको हो ।

सप्तरी प्रजिअ तथा दैवी प्रकोप उद्धार समितिका अध्यक्ष भगिरथ पाण्डेले अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको जाडोबाट जोगिन कम्बल वितरण गर्न लागेको बताए ।

प्रजिअ पाण्डे भने जिल्लामा ८ हजार भन्दा बढी स्थानीयलाई जाडोबाट जोगिन न्यानो कपडा, तथा कम्बल वितरण गरेको बताउँदै स्थानीय तहका प्रमुखहरूलाई जाडोबाट जोगिनका लागि सहयोग गर्न आग्रह गरेको बताए ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेको नेतृत्वको टोलीले तीन वटा स्थानीय निकाय हनुमानगनगर कंकालनी नपा, तिलाठीकोईलाडी गाँउपालिका र महदेवा गाँउपालिको २ सय दलित बस्तीमा रेडक्रसको सहयोगमा कम्बल वितरण गरेको रेडक्रसका सदस्य दुर्गा प्रसाद साहले बताए ।

महदेवा गाँउपालिका वडा नं. १ पकरीको दलित बस्तीमा ५५, तिलाढी कोईलाडी ७ को मंसापुरको मरिक टोलमा १३ जना र वडा नम्वर ८ तोपाका दलित बस्तीका ४३ र हनुमाननगर कंकालनीका वडा नम्वर ११ ईनरूवाको ६० घरपरिवारमा कम्वल वितरण कार्यक्रमलाई निरनतरता दिएको छ ।

यसैगरी हननुमानगर कंकालनी नगरपालिका वडा नम्वर १३ गोबरगढाका ४५ जना दलित बस्तीका असहाय, गरिव, बिपन्न घरपरिवारलाई कम्वल बितरण गरेको नगरप्रमुख शैलेश साहले बताए ।

सो टोलीमा हनुमाननगर कंकालनी नगरपालीका का प्रमुख शैलेश साह, तिलाढीकोईलाडीका प्रमुख सतिश सिँह, सश्स्त्र प्रहरी उपरिक्षक रामअधार यादब, प्रहरी नायव उपरिक्षक ध्रुब श्रेष्ठ,नेपाल पत्रकार महासँह सप्तरी सहसचिव चन्दन यादब,रेडक्रस सप्तरी रिमु चौधरी,सप्तरी युथका बिष्णु यादब लगायतको सहभागीता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com