विभिन्न दातृ संस्थाको सहयोगमा वीरगंज महानगरद्वारा कम्बल वितरण

वीरगंज, २५ पुस । वीरगंज महानगरपालिका कार्यालयले विभिन्न दात्री संघ(संस्थाहरु संग सहकार्य गरि मंगलबार पनि कम्बल वितरण कार्यक्रम गरेको छ । तराई–मधेश क्षेत्रमा अचानक बढेको चिसो र शीतलहरलाई मध्यनगर गर्दै विगत विभिन्न दातृ संगठनहरुको आर्थिक सहयोगमा वीरगंज महानगरपालिका कार्यालयले नगरका विभिन्न वडाहरुमा शीतलहरबाट प्रभावित विपन्न वर्गकका परिवारहरुलाई कम्बल वितरण गरेको हो ।

वीरगंज महानरपालिकाले श्री जगदम्बा सिमेन्ट मिल्स प्रा. लि, विश्वनाथ गोयन्का, वीरगंज हेल्थकेयर अस्पतालसँग सहकार्य गरी महानगरको वडा नम्बर २, ४, ५, १३, १५, १८, २२ को मनियारी, २४ र २७ नम्बर वडामा लगभग ८ सय कम्बल वितरण गरेको वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीको निजि सचिवालयका स्वकीय सचिव तबरेज अहमदले जानकारी गराए । साथै बाँकी रहेको वडाहरुमा भोलि कम्बल वितरण गरिने उनले बताए ।

सो अवसरमा वीरगंज महानगरपालिकाको वडा नम्बर २ को वडा अध्यक्ष अब्बास मियाँ, वडा नम्बर ४ का वडा अध्यक्ष जगत प्रसाद साह, वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा नम्बर १३ का वडा अध्यक्ष तुफान फारुक अन्सारी, वडा नम्बर १५ का वडा अध्यक्ष गजेन्द्र प्रसाद कुर्मी, वडा नम्बर १८ का वडा अध्यक्ष ब्रह्मदेव राउत कुर्मी, वडा नम्बर २२ का वडा अध्यक्ष ग्यासुदीन मियाँ, वडा नम्बर २४ का वडा अध्यक्ष दशरथ पटेल, वडा नम्बर २७ का वडा अध्यक्ष प्रदीप यादव, मेयर सरावगीका राजनीतिक सल्लाहाकार मुकेश द्विवेदी, वीरगंज महानगरपालिकाको खानेपानी शाखाका अधिकृत सुनिल कर्णको उपस्तिथी रहेको स्वकिया सचिव तबरेज अहमदले जनाए ।

वीरगंज महानगरपालिकाले पछिल्लो तिन दिनमा विभिन्न संघ संस्थाहरु संग सहकार्य गर्दै लगभग १ हजार ६ सय भन्दा बढि कम्बल वितरण गरिसकेको र थप कम्बल व्यवस्थापनका लागि विभिन्न संघ संस्था तथा व्यापारी समुहहरु संग पहल भईरहेको सचिव अहमदले बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com