बस र ट्रक ठोक्किँदा दुईको मृत्यु, छ घाइते

नवलपरासी, २५ पुस । जिल्लामा बस र ट्रक एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । रामग्राम नगरपालिका–११ रानीपाकडमा लु.१ ख ९२३६ नम्बरको बस र ना.५ ख ९२४५ नम्बरको ट्रक मंगलबार एक–आपसमा ठोक्किएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उक्त बसमा सवार रामग्राम नगरपालिका–२ बस्ने ३५ वर्षीय अरबीन्द्र ठाकुर र सोही नगरपालिका–५ बस्ने २६ बर्षीय जितेन्द्रकुमार पाण्डेको पृथ्वीचन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्य ६ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com