रौतहटमा चिसोका कारण एकै दिन तीनको मृत्यु

राकेश यादव, रौतहट, २५ पुस । रौतहट जिल्लामा अत्यधिक बढेको चिसोको कारण एकै दिन थप तीन जनाको मृत्यु भएको छ । रौतहटमा चिसोबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

चिसोले गर्दा स्थानीय गुजरा नगरपालिका वार्ड नंबर ७ पलटुवा निवासी ४२ वर्षीया महिला फूल कुमारी देवी पासवान, राजदेवी नगरपालिका वार्ड नंबर ९ ब्रह्मपुरी निवासी ७४ वर्षीय बृद्ध अलख प्रसाद सिंह र दुर्गा भगवती गाउँपालिका वार्ड नंबर ५ निवासी ६० वर्षीया महिला चकली देवी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि यस जिल्लामा चिसोले ९ जनाको मृत्यु भैसकेको छ । विगत दुई हप्तादेखि बढेको शीतलहर र चिसोले गर्दा जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ ।

मगलबार दिउँसो हल्का घाम लागेपनि हातखुट्टामा चिसोले कठ्याङ्ग्रिँदै रहेको थियो । बाक्लो हुस्सु र कुहिरोको कारण सर्वसाधारणको दैनिक कामकाज समेत प्रभावित भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com