वीरगंज महानगरपालिकाको पहलमा लायन्स क्लबद्वारा कम्बल वितरण

वीरगंज, २६ पुस । मधेश क्षेत्रमा बढेको चिसो र शीतलहरलाई मध्यनगर गर्दै वीरगंज महानगरपालिका कार्यालयले चौथो दिन पनि कठ्याङ्ग्रिने जाडो र शितलहरबाट पीडित जनतालाई विभिन्न दातृ संगठनहरुसँग सहकार्य गरि कम्बल वितरण गरेको छ ।

वीरगंज महानगर तथा जितपुर–सिमरा उप–महानगर क्षेत्रका विभिन्न लायन्स क्लबको आर्थिक सहयोगमा बुधबार वीरगंज महानगरपालिकाको कार्यालयले वडा नम्बर १९ स्थित विन्दवासिनी मन्दिर परिसरमा वडा अध्यक्ष सन्तोष तिवारीको अध्यक्षता एवम् नगर प्रमुख (मेयर) विजयकुमार सरावगीको प्रमुख आतिथ्यमा एउटा कार्यक्रमको आयोजना गरि विभिन्न वर्गका विपन्न समुदायका परिवारहरुलाई कम्बल वितरण गरेको हो ।

’वीरगंज महानगरपालिकाले पछिल्लो चार दिनमा १ हजार ८ सय भन्दा बढी परिवारलाई विभिन्न संघ–संस्थाहरुसँग सहकार्य गर्दै कम्बल वितरण गरिसकेको छ र थप सहयोग जुटाउने प्रयास गरिरहेको छ,’ नगर प्रमुख सरावगीको सचिवालयका स्वकीय सचिव तबरेज अहमदले भने, ’नगरपालिकाको हरेक विपन्न परिवारलाई हामीले राहत पु¥याउने लक्ष्य लिएका छौं ।’

लायन्स क्लबका क्षेत्रीय संयोजक आकाश सर्राफको नेतृत्वामा गएको टोलीले महानगरको वडा नम्बर १९ मा लगभग २ सय भन्दा अधिक परिवारलाई कम्बल वितरण गरेको सर्राफले जानकारी गराए । ’बढेको जाडो र शितलहरका कारण हामीले जिल्लाका विभिन्न स्थानहरुमा कम्बल वितरण गरिरहेका छौं, हामीले भर्खरै दुई दिन पहिला नगवामा लगभग २ सय कम्बल वितरण गरेका छौं,’ सर्राफले भने, ’अहिले थप सामाजिक संस्थाहरुसँग समन्वय गर्दै सहयोग उठाउने काम गर्दैछौं र छिट्टै अन्य स्थानहरुमा पनि कम्बल वितरण गर्ने छौं ।’

कम्बलवितरण कार्यक्रममा नगर प्रमुख सरावगीका राजनीतिक सल्लाहाकार मुकेश द्विवेदी, स्वकीय सचिव तबरेज अहमद, क्लबका वरिष्ठ सदस्यहरु पशुपतिबिक्रम साह, उषा साह, जिल्ला सल्लाहकार राम्बिहारी पाण्डे, युवा अभियन्ता तथा तराई मानवअधिकार रक्षक संजालका जिल्ला संयोजक आँशु सर्राफ लगायत अन्य स्थानीय नेता, सामाजिक कार्यकर्ता, नागरिक समाजका अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com