माघ ५ गते जनकपुरमा प्रेस मञ्चको केन्द्रीय बैठक हुने

वीरगंज, २६ पुस । प्रेस मञ्च नेपालको केन्द्रीय बैठक यही आउँदो माघ ५ र ६ गते जनकपुरमा हुने भएको छ । पूर्ण प्रेस स्वतन्त्रता, समावेशी प्रेस जगत र अधिकारका लागि साझा पत्रकार संगठन मूल नाराको साथ कार्य गर्दै आएको मञ्चको केन्द्रीय बैठकले विभिन्न उपसमिति एवं प्रदेश स्तरीय समिति निर्माण गरिने केन्द्रीय अध्यक्ष संतोष पटेलले बताए ।

संगठन विस्तार एवं समाजिक कृयाकलापसँगै देश एवं मधेशको जल्दो बल्दो अवस्थालाई हेरेर कार्यक्रम गर्दै आएको मञ्चले आफ्ना साथीहरुको कार्य मुल्यांकण एवं नेपाल पत्रकार महासंघको प्रदेश स्तरिय निर्वाचनमा समेत आफनो पकड बनाउने उद्देश्यले जनकपुरको केन्द्रिय बैठक महत्वपुर्ण हुने संस्थाले जनाएको छ ।

केन्द्रिय बैठकमा समितिका पदाधिकारी, केन्द्रिय कार्य समिति सदस्य एवं सम्पूर्ण शाखा अध्यक्षहरुको सहभागिता रहने छ । प्रेस मञ्च नेपालका केन्द्रिय उपाध्यक्ष बिन्द किशोर साह उर्फ किशोर गुरु एवं धनुषा शाखालाई व्यवस्थापनको जिम्मेवारी दिएको छ ।

प्रेस मञ्च नेपालको शाखाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, उदयपुर, सुनसरी, मोरंग, झापा, कास्की, चितवन, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, दांग, कैलालीमा समेत शाखा विस्तार गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com