मोटरसाइकल लुटपाट

महोत्तरी, २६ पुस । औरही नगरपालिका–८ टिम्कियास्थित साम्सी गाउँपालिका–३ बस्ने रामनरेश यादवको ज.१० प ८२११ नम्बरको मोटरसाइकल अपरिचित ४ जनाको समूहमा आएका व्यक्तिहरुले मंगलबार लुटी फरार भएका छन् ।
उक्त समूहले यादवलाई कुटपिट गरी मोटरसाइकल लुटी लगेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले शंकास्पद सोही नगरपालिका–४ बस्ने ३० बर्षीय सत्यनारायण यादवलाई नियन्त्रणमा लिएको छ । साथै फरार व्यक्तिहरुले छोडी गएको ज.६ प ७९५४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com