शीतलहर प्रभावित शम्भुनाथमा कम्बल वितरण

चन्दनकुमार यादव, राजविराज, २६ पुस । शम्भुनाथ नपाको बार्ड नं. ६,७ र ८ का शितलहरबाट प्रभावित परिवारलाई बल्यांकेट वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले बुधबार स्विस सरकार बिकास नियोग तथा सामी हेल्भेटासको सहयोगमा ब्लयांकेट बितरण गरेको छ ।

सप्तरी सामुदायिक बिकास केन्द्र सप्तरीको आयोजित बल्यांकेट बितरण कार्यक्रममा शंभुनाथ नगरपालीकाका प्रमुख योगेन्द्र चौधरी, सशस्त्र प्रहरी उपरीक्षक रामाधर यादव वडा अध्यक्ष द्वय गोपाल प्रसाद चौधरी, मो. याकुव अलि नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्याम सुन्दर यादव , नेपाल प्रहरिका ईन्सपेक्टर रमेश बस्नेत, सामि हेल्भेटास नेपालका बिजय ठाकुर र देव नारायण चौधरी,गैससका अध्यक्ष शंभुन्नदन चौधरी,सप्तरी युथका कोषाध्यक्ष बिष्णु कुमार यादव लगायतका सहभागिता रहेको थियो ।

एक हप्तादेखि चलेको शीतलहरका कारण सप्तरी १८ जनाले ज्यान गएको छ । जाडो बढेसँगै स्थानीय प्रशासन तथा विभिन्न संघसंस्थाहरूको सहयोगमा बृद्धबृद्धा तथा असहाय, गरिब, बिपन्न, दलित बस्तीका घरपरिवारलाई कम्बल, बल्यांकेट, जस्ता राहतका समानहरू बितरण गर्दै आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com