अत्यधिक चिसोको कारण छ जनाको मृत्यु

बाँके, २६ पुस । तराई–मधेशका विभिन्न जिल्लामा बुधबार अत्याधिक चिसोका कारण छ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुर बस्ने ४६ वर्षीय करिङ्ग थारु र सोही नगरपालिका–४ किरणनाला बस्ने ६४ वर्षीय नन्दबहादुर बोगटीको चिसोको कारण बुधबार मृत्यु भएको छ ।

यस्तै, रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुनुवा बस्ने ६० वर्षीया सियादेवी ठाकुरको आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोको कारण मंगलबार मृत्यु भएको छ भने रौतहटकै गढीमाई नगरपालिका–७ धनाडी बस्ने ६५ वर्षीय भिक्षु ठाकुर हजाम आफ्नै घरमा सुतिरहेको अवस्थामा चिसोको कारण बुधबार मृत्यु भएको छ ।

यसैगरी, पर्साको जिराभबानी गाउँपालिका–१ चमरी बस्ने ३५ वर्षाीय शम्भु महरा चमार र सोही गााउँपालिका–१ पकडीटोल बस्ने ६० वर्षीय कमल खवास थारु आ–आफ्नै घरमा सुतिरहेको अबस्थामा चिसोले कठ्याङग्रिएर बुधबार मृत्यु भएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com